आजकल के भाको स्ट्याटस लेख्छु गजल हुन्छ
बजाको केहि हुदिन तर कानैभरि गजल धुन्छ
पहिलो सेर लेखि हाल्छु फेरि अरू फुरिहाल्छ
नलेखिन्जे पत्तै हुन्न कुन विषय गजल छुन्छ
तेस्रो सेरमा धौधौ पर्छ के लेखम के थपम
लेख्दै जान्छु सव्दहरू बाकि सवै गजल चुन्छ
चौथो तीर आएपछि टुङ्ग्याने हो भन्ने लाग्छ
नसक्काउ मलाइ अहिल्यै भनि फेरि गजल रून्छ
विकासराज शर्मा(Nimess)







No comments :
Post a Comment