Sunday, September 18, 2011

129.गजल- जिवन श्रेष्ठ















म माना भरेरै खुसी दिन्छु प्रीया
जिएरै मरेरै खुसी दिन्छु प्रीया

अडेको छु मात्रै तिम्रै खुस्बु बोकी
नफुल्दै झरेरै खुसी दिन्छु प्रीया

यि तस्वीर च्याप्दै बसेँ प्रार्थनामा
अछेता छरेरै खुसी दिन्छु प्रीया

लडे ठेस लाग्दा संधै साथ दिन्थेँ
किनारा परेरै खुसी दिन्छु प्रीया

दिएँ दाइजो यो पुरै गाउँ बस्ती
बसाईँ सरेरै खुसी दिन्छु प्रीया

जिवन श्रेष्ठ

No comments :

Post a Comment