Sunday, September 18, 2011

130.गजल- रामशरण श्रेष्ठ





















सम्झिदेउ भन्छौ तिमी, याद गर्ने अरुनैछ ।।
किन जिद्धी गर्छै तिमी, ज्यूने मर्ने अरुनैछ ।।

मेरो खुसि मेरो जीवन, दिएको छु उसैलाई
मनपर्ने एउटा मान्छे, नजिक सर्ने अरुनैछ ।।

तिमी मेरो असल साथी, रहनेछौ सधैभरी
माफ गर साथी मलाई, मायाँ गर्ने अरुनैछ ।।

मर्छु भनि नभनिदेउ, नपाएमा मेरो साथ
मलाई पागल बनाएर, चैन हर्ने अरुनैछ ।।

खालि सिउँदौ उसैलाई, साँचिराखि बाँचेकोछु
सात जन्म नपर्खनु , सिउँदो भर्ने अरुनैछ ।।

रामशरण श्रेष्ठ
चिसापानी, रामेछाप



No comments :

Post a Comment