कलेजीलाई छुरीको धार सँग रेटी रहेँ।
जित्यौ तिम्ले मुटु यो हार सँग रेटी रहें।
उजाडेर मन्को बारी अन्तै फूल्यौ तिमी,
पत्र पत्र दिलका पाना झार सँग रेटी रहेँ।
दिल सँग साँटिएका सम्बन्ध ती चुँडिईदाँ,
ओईलीएका रहरहरु तार सँग रेटी रहेँ।
तिमी बग्यौ भेल सँगै कहाँ पुग्यौ कहाँ,
दर्द बल्झ्यो छाती भरी जंघार सँग रेटी रहेँ।
कलेजीलाई छुरीको धार सँग रेटी रहेँ।
जित्यौ तिम्ले मुटु यो हार सँग रेटी रहें।
~भट्ट मदन








No comments :
Post a Comment