Sunday, September 18, 2011

133.गजल- रोहिणी तिमल्सिना

बन्दुक् सँगै पड्किएको बिजयको ताली रहेछ
नेपालीको दिलमापनि प्रेमको घैला खालि भएछ।

शान्तिगामी नेपाली र शान्ति क्षेत्र यो देशमा
पुर्खाको उपदेश् पनि आज त्यसै गालि भएछ।

प्रेम गर्थे आदर् गर्थे अतिथीलाई देव मान्थे
कमलसरि दिल आज धारिलो त्यो फाली भएछ।

आपसमा काट्मार् गरि जीतको खेल खेलिरहदा
रगतको पोखरी र लाशै लाशको आलि भएछ।।
(२०६२-११-२३)

धन्यबाद्।
रोहिणी तिमल्सिना

No comments :

Post a Comment