Sunday, September 18, 2011

132.गजल-जिवन परिवर्तन














आँशु खोली सरी छल्किँदैछन् अझै
हेर आँखा रुँदा टल्किँदैछन् अझै

बाध्यतामा परी आज टाढा भएँ
साथ फोटो तिम्रै झल्किँदैछन् अझै

हात जोडी संगै हिँड्न इच्छा संधै
पाउ त्यता तिरै पल्किँदैछन् अझै

गुम्सिएरै रहे चाहना साथमा
यो जवानी यसै ढल्किँदैछन् अझै

दोष मेरै थियो या यही भाग्यको
मर्म राँको बनी सल्किँदैछन् अझै

जिवन परिवर्तन

No comments :

Post a Comment