त्यो मुस्कान अधरको खुलाएर आऊ।
नजरमा मधुरस घुलाएर आऊ।
पिडा त पिडै हो पिडाको कुरै नगर,
जति छन व्यथा ती भूलाएर आऊ।
कति फूले सपना मनको लहरमा,
अझै मिठा सपना फूलाएर आऊ।
नयन देखी सजल बगाए कति कतिले,
'तरेली'मा हर्षाशुँ रुलाएर आऊ।
~ भट्ट मदन
▼
Powered By Gaurab
Design by Gaurab Shrestha Themes by Orange world , Supported by , Theme
No comments :
Post a Comment