Sunday, September 18, 2011

135.गजल-रोहित राण


उनकै यादमा हल्का, पिएको मज्जा अर्कै थियो 
त्यसै त्यसै तड्पिएर, जिएको मज्जा अर्कै थियो

उनि घरदेश म परदेश मनको भने नजिकै थियौं
च्यातिएको आफ्नै जीवन, सिएको मज्जा अर्कै थियो

सान्त्वना दिन्थ्ये उनलाई कुरी राख्नु आउछु भनि
छुत्तिनेबेलामा जालेरुमाल, दिएको मज्जा अर्कै थियो

याद आउँछ उनकै हरपल हरछर्ण घरिघरि 
साट्दै माया एकआपसमा, लिएको मज्जा अर्कै थियो

No comments :

Post a Comment