कोल्टे फेर्दै रात भरीनै आफ्नो शहर सम्झेर रुन्छ मन
आफ्ना सँग हुँदाको खुशी अनी रहर सम्झेर रुन्छ मन
कहिले-काहि यादहरु पोखिदा-पोखिदै राम्ररी जा भन्दै-
आमा ले हरियो दुबो दिएको प्रहर सम्झेर रुन्छ मन
सडकमा आफ्नै उमेरका कोही हिड्दै-गरेको देख्छ जब-
साथीसँग बरालिँदै हिंडेको त्यो डहर सम्झेर रुन्छ मन
आफ्नोपन जति सबै बेचे जस्तो न-देखेको भोली सँग-
यत उता,इस्ट्-मित्र,चाडपर्बको लहर सम्झेर रुन्छ मन
कोल्टे फेर्दै रात भरीनै आफ्नो शहर सम्झेर रुन्छ मन
आफ्ना सँग हुँदाको खुशी अनी रहर सम्झेर रुन्छ मन

No comments :
Post a Comment