![]() |
बिबेक पाठक |
नजर सगँ तिम्रो नजर जुधाइदिए हुन्थ्यो ।।
हसिँया को धार जस्तै, उधाइदिए हुन्थ्यो ।।
तिम्रो अनि मेरो जिबन एक अर्का को पूरक
प्रेमको बयलगाढा , कुदाइदिए हुन्थ्यो ।।
तिमि मेरो म चाँहि तिम्रो बन्ने बाटो सफा गर्दै
मुस्कान को बर्षा गरि रुझाइदिए हुन्थ्यो ।।
अर्थै बिना प्रेम गर्न तम्सीएको काचोँ मनलाइ
प्रेम को परिभाषा बुझाइदिए हुन्थ्यो ।।
मत तिम्रै भमरा हुँ तिमि मेरी फूल
ओठ टोक्दै हल्का हल्का लजाइदिए हुन्थ्यो ।।
इशारा ले झिप्प झिप्प आँखा झिम्काएर
मेरो मनमा ब्याण्ड बाजा बजाइदिए हुन्थ्यो ।।
बिबेक पाठक
त्रिचन्द्र क्याम्पस, काठमााडैं
No comments :
Post a Comment