सपनामा सबैले हात धोइरहेको देखेँ
बर्षौदेखि दुखेको देश रोइरहेको देखेँ ।।
हस्तक्षेप हुन्न अब भन्छन् छिमेकीले
लम्काएर दुबै हातले छोइरहेको देखेँ ।।
हुन्छ ,गर्छौ बोली तिनको जहाँ भेटेपनि
जनता ठग्न जाली साङ्ला फोइरहेको देखेँ ।।
झर्ला खाउँला पर्खदैछन् जनता आशा बोकी
नेता अझै थारो भैँसी दोइरहेको देखेँ ।।
औँशी पूर्णे सहमतीले टार्छन् महिनौ महिना
पहिला बोल्या पछि घाँडो भइरहेको देखेँ ।।
शाहदेब कटवाल
ओखलढुंगा केत्तुके ५, हाल अबुधाबी







No comments :
Post a Comment