![]() |
| सुरेन सुस्केरा |
जवानीले शिखर नाघ्यो झर्न जाउन सानी
भोकै मर्नु भन्दा कतै चर्न जाउन सानी
हेरी बाँच्नु भन्दा सानी गरि मर्नु निको हुन्छ
बात मिठो जवानीको गर्न जाउन सानी
डरले रहर मार्नु किन?बैशको खेति लगाउन
बाँझो केलाई रोप्ने बारी,छर्न जाउन सानी
आखिर के नै पाइयो भन?बैशको घाँटी सुकाएर
छोड जिद्दी मनको घैला भर्ना जाउन सानी
जानु नै छ पारी आखिर किन खुट्टा कमाउने
उन्मादिलो बैशको सागर तर्न जाउन सानी
बात मिठो जवानीको गर्न जाउन सानी
बात मिठो जवानीको गर्न जाउन सानी!!








No comments :
Post a Comment