Thursday, December 15, 2011

188.गजल-उपेन श्रेष्ठ 'उज्जल'















उपहार भो सास सबै घाँटी रेटेऊ भने
परेलीका यी पानीले प्यास मेटेऊ भने

के नै रह्यो भन्नु मैले फलोस फुलोस हजुरको
ओराली लागेको मृग भेटेऊ भने

धन्य! हुन् तिम्रा जीवन बधाई छ तिमीलाई
क्षीतिजमा डुब्या जून सागरमा देखेऊ भने

सुगन्धले सजाउनु झारेका ती तारालाई
भाँचेर डालीहरु कोपीला चुडेऊ भने

अझ चुड्नु दिनहरु लम्ब्यानु सके औंशी
ती हातले घामका उज्ज्वल छेकेऊ भने !

उपेन श्रेष्ठ 'उज्जल' (हाल -Sk.)

No comments :

Post a Comment