Thursday, December 15, 2011

187.गजल- बिबेक पाठक

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
मर्छु भन्थिन माइली भाउजु, दाईले दुःख दिए अरे
तैले ल्याको दाइजो कमभो, भन्दै रक्सी पिए अरे

आज पनि हाम्रो समाज कति डर लाग्दो रैछ 
मार्छु तलाइ भन्दै दाईले, पेटी झिक्दै थिए अरे

थरथर  काप्ने  बनाएर लखेटेछन  घरै  बाट
घरको ताला चाबि सबै आफ्नो हातमा लिए अरे

घरको  बारे  सोच भन्दै,   भाउजु  रुदै  कराउदा
घर   छाडेर  जा   भन्दै  उल्टै   सन्कीए   अरे
बिबेक पाठक
त्रि चन्द्र कलेज

No comments :

Post a Comment