Saturday, June 23, 2012

156.खहरेमा आएको भेल तर्दैछिन कि सानु,

खहरेमा आएको भेल तर्दैछिन कि सानु,
रोपाई गर्न बेशी तिर झर्दैछिन कि सानु।

बाटो हेरी बस्तै होलिन मलाई सन्झी कतै,
टोलाएर पधेरोमा पानी भर्दैछिन कि सानु।

चिट्ठी पत्र लेख्न पाईन ब्यस्त भयो जीवन,
मेरो पत्रको प्रतिक्षा पो गर्दैछिन कि सानु।

मैले बिर्से उनलाई त्यहाँ घरबार येतै भाको ,
बकम्फुसे हल्लाले छक्क पर्दैछिन कि सानु।

सङ्गै दु:ख साट्ने धोको पुरा भएन भनि,
मलाई सम्झि पल पल मर्दैछिन कि सानु।

copyright@ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
#२०६८-१२-४ शनिबार #

No comments :

Post a Comment