*मेरो देश फेरिॅदै छ रे*
सफलताको शीखरमाथि, राष्ट्र झण्डा बेरिॅदै छ रे
म त जान्छु मेरै संसार, मेरो देश फेरिॅदै छ रे
आमा तिम्रा परेलीका, आॅसु पुछ्न आऊॅदै छु
यो खुसिको सानो खबर, सवैलाई सुनाऊॅदै छु
बगैॅचाको छेउमै बसि, फुल फलेको हेरिॅदै छ रे
म त जान्छु मेरै संसार, मेरो देश फेरिॅदै छ रे
कति बस्नु भुमरिमा, सॅधै उस्को दास बनी
तिम्रो हातमा साथ दिन, आउॅदैछु सान्नानी
यी भाग्यका बाधा चट्टान्, त्यो सब फोरिॅदै छ रे
म त जान्छु मेरै संसार, मेरो देश फेरिॅदै छ रे
मेरो नेपाल बाॅझै भा'छ, म विरानो खेत खन्दैछु
त्यसैले हर नेपालीलाई, आफ्नै घर फक्रौॅ भन्दैछु
एक एक गरि हर मझेरिमा, दीव्य खु:शी छरिॅदै छ रे
म त जान्छु मेरै संसार, मेरो देश फेरिॅदै छ रे
सफलताको शीखरमािथ राष्ट्र झण्डा बेरिॅदै छ रे
म त जान्छु मेरै हिमाल, मेरो देश फेरिॅदै छ रे
दिपक निरौला
-------- ( गजरा) ----------
(((हाल: सिड्नी)))
No comments :
Post a Comment