खडेरीमा बसन्तको आंचल तिमीलाई ||
हाँसो दिन्छु ,खुशी दिन्छु छैन सुन चांदी
सजाई राख्छु मुटुभरी हरपल तिमीलाई ||
सके दिउला चुरा धागो एकसरो लुगा
नसके नि साथ दिउला असल तिमीलाई ||
गर्दिन म आकाशका ति तारा दिने बाचा
बरू दिन्छु विश्वाश मेरो अटल तिमीलाई ||
बाँचुन्जेल मेरो धड्कन पलपल तिमीलाई ||
शाहदेव कटवाल -समर्पण
हाल अबुधाबी







No comments :
Post a Comment