Tuesday, September 25, 2012

318.सम्झनामा रुदै माया लाउनुको मज्जा छुट्टै,

सम्झनामा रुदै माया लाउनुको मज्जा छुट्टै,
तड्पाई पछि मायालुलाई पाउनुको मज्जा छुट्टै ।

काकाकुल जस्तो हुदै माया भेट्ने चाहनामा,
लुकिछिपि देउरालिमा धाउनुको मज्जा छुट्टै ।

मुहारमा खुशि झल्काई आँशु झार्या के अर्थ भो

यथार्त पिडा भित्र गीत गाउनुको मज्जा छुट्टै ।

अबिश्वासलाई पर फालि बिश्वासको आधारमा ,
मायालुको जिन्दगीमा छाउनुको मज्जा छुट्टै ।

सत्य कुरा नलुकाई सबै सामु राखि दिदै,
एउटा मनले अर्को मनलाई फाउनुको मज्जा छुट्टै ।

शान्ति अधिकारी
बाँके२०६९

No comments :

Post a Comment