Tuesday, October 2, 2012

369.हेर बुढा तिज आयो माइत जाने हो l

हेर बुढा तिज आयो माइत जाने हो l
ब्रत सर्त बसिदैन दुइ चार प्याक हुस्की खाने हो ll

कति गर्ने चुलो चौका सधै मैले मात्र ,
यसपाली त घर धन्दा आफै धाने हो ll

झकी झकौ पहेलै भई साथी संगी आउछन्,
मैले पनि दुइ चार तोला सुनको सिक्री लाने हो ll

महिनै भरि दर खाने चले को छ अचेलको रीत,
महिला पुरुष बराबरी भैयो भन्ने ठाने हो ll

हेर बुढा तिज आयो माइत जाने हो l
ब्रत सर्त बसिदैन दुइ चार प्याक हुस्की खाने हो ll

संगम घर्ति 

No comments :

Post a Comment