Tuesday, October 2, 2012

373.भेट्नु किन पर्यो स्वार्थ पुरा गरेपछी।

भेट्नु किन पर्यो स्वार्थ पुरा गरेपछी।
नलिनु भो मेरो नाम जिउदै मरेपछी॥

सँगै बाच्ने मर्ने बाचा कसम मन्दिरका।
सबै त्यागी एक्लै एक्लै खोली तरेपछी॥

मायामा के कमी पायौ विस्वास थिएन की।
झुठो आरोप लगायौ पराई तिर सरेपछी॥

सफल पार्न प्रेमलाई संघर्ष नै कती गरें।
चकनाचुर भयो शिरमा सिन्दुर भरेपछी॥

जस्को लागी यो संसार छोड्न राजी थिए।
बिउझिएछु निदृयिको जालमा परेपछी॥

कृष्ण पौड्याल,
 बम्घा एक गुल्मी

No comments :

Post a Comment