Thursday, October 4, 2012

385.तिम्लाई आफ्नो बनाउने कुनै चाह राख्ने छैन ,

तिम्लाई आफ्नो बनाउने कुनै चाह राख्ने छैन ,
मन भित्र माया साचि पिडा भित्र पाक्ने छैन ।

जिन्दगिको एक्लो यात्रा सुरु गर्दा कतै पनि ,
हात समाई तान्ने गरी कहिल्यै नी थाक्ने छैन ।

जे परे नि सहि दिन्छु सुख खोज्ने बाहनामा ,
मनको माया पर फालि धन माया ताक्ने छैन ।

ढुङ्गाको त्यो भगवान दु:ख पिडा के बुझ्थ्यो र,

फुल पाति चढाउदै अब देउता भाक्ने छैन ।

चाहिदैन सुख मलाई दु खमा नै हाँसी दिन्छु,
स्वार्थि सगँ हात फैलाई मायाको भिक माग्ने छैन ।

शान्ति अधिकारी
बाँके २०६९

No comments :

Post a Comment