Sunday, October 28, 2012

496.तिम्ले टेक्ने धर्ती अनि मैले टेक्ने वेग्लै भो की

तिम्ले टेक्ने धर्ती अनि मैले टेक्ने वेग्लै भो की
ऐउटै छ त आकाश हेर तिम्ले देख्ने वेग्लै भो की ।

कुल्चिएर गयौ किन ? अल्झिरहे दोसाँधमा
समयसंगै जिन्दगीको घाउ सेक्ने वेग्लै भो की ।

प्वाँख लाग्यो रहर बढ्यो मेरो आकाश सानो भयो
फूल फुल्दा बँगैचामा संसार थेग्ने वेग्लै भो की ।

एउटै भन्छन् सबैजना हाम्रो भाग्य लेख्ने देउता

तर किन लाग्छ मलाई भाग्य लेख्ने वेग्लै भो की ।

दिएकै हो सारा जीवन गम्भिर किन ? मुहार फेरी
आज कि त जिन्दगीमा घाम छेक्ने वेग्लै भो की ।

टि. बि. सागर
सुनसरी-नेपाल

No comments :

Post a Comment