Sunday, October 28, 2012

501.साहसी भै साँझ पख हात गोडा खिउँला भन्थें ।।

साहसी भै साँझ पख हात गोडा खिउँला भन्थें ।।
आफ्नै दुख लुकाएर सारा खुशी दिउँला भन्थें ।।

छाती माथी रगतले नाम कोर्दै देशको निम्ती ।
भ्याकुर र गीठा खाई छाक टारी जिउँला भन्थें।।

सजाको छु कात्रो सरी एक पाउ शरीर ढाक्ने ।

टालाटुली लाको भोटो फाटे आफै सिउँला भन्थें।।

हाँस्दै खेल्दै मोहनीले चाहना त्यो बाँधेर फेरी ।
तिम्रो सारा जिन्दगीनै बन्धकीमा लिउँला भन्थें।।

बेदनामा कति बस्नु रात भरी छाती यो पोल्दा।
जिन्दगीको पिडा भुल्न सधै नशा पिउँला भन्थें।।

अतित लिङ्देन ( सुब्बा )
झापा

No comments :

Post a Comment