Friday, November 9, 2012

538.जाली माया गरी आज

जाली माया गरी आज, अन्तै माया जोडे पनि !
माया गर्छु आँखा तरी, बाटो अन्तै मोडे पनि !!


मेरो मन्को बगैचामा, पलाएका मुनालाई
माया मारी सधैलाई, पराइ कै गोडे पनि !!


सिसा सरी मुटु तोड्यौ, के नै छ र बाँकी अब
बाँची तिम्रो खुशी हेर्छु, सम्बन्ध नै तोडे पनि !!

रुन्न भन्थे कैले पनि, तर आँशु झर्यो आज
लाउनेले नदेख्ने त्यो, घुम्टो तिम्ले ओढे पनि !!

कसरी म दिउ आगो, आफ्नै मुटु जलाउन
चिता माथि लास भइ, मेरो साथ छोडे पनि !!
०७/१०/२०१२
अभागी कान्छा गाउँले
तोपगाछी, झापा

No comments :

Post a Comment