Friday, November 9, 2012

540.नयन ले नयन हेरे

नयन ले नयन हेरे पछी र;तिमीले मन फेरे पछी
मैले मन त फेर्ने पर्यो आधा रातले घेरे पछी

नपियकै मात लाग्यो नशालु ति नयन का
छडके पारि चिहाई चिहाई तिमीले मलाई हेरे पछी

कस्तो हुन्थ्यो मेरो संसार तिमि पाए जिन्दगीमा
तिमीले मैले एक अर्कालाई अंगालो मा बेरेपछी

खुशी को त सिमा छैन मर्छु क्याहो रमाई रमाई
तिमि बाटै पाए माया आज मैले धेरै पछी..
दिनेश कंडेल 
बलिया-६ चौंरी कैलाली नेपाल

No comments :

Post a Comment