Thursday, March 14, 2013

607. गरिबलाइ तिम्रो आश हुनसक्छ

        गरिबलाइ तिम्रो आश हुनसक्छ
        मुस्कान नि भोकमा गास हुनसक्छ

        सुख खोज्दैमा थकाउछौँ जिँदगि
        त्यो त आफ्नै आसपास हुनसक्छ

        आज खुसिले उफ्रेको जवान पनि
        भोलि बिहान नहुँदै लास हुनसक्छ

        तिमि चाँडै ति बुढि आमालाई भेट
        तिम्लाई नै पर्खेको सास हुनसक्छ

        महलमा जन्मिदैमा मख्ख नपर्नु
        त्यहाँ नि सैतानको बास हुनसक्छ

        म आँशु रित्याएपछि बेफिकर छु
        तैपनि रोएको आभास हुनसक्छ

        आहा ! जिवनमा कस्तो सुगन्ध
        त्यहि नि उडाउने बतास हुनसक्छ

        त्यो उत्ताउलो बैँस सम्हालेर राख
        सम्बन्ध सबै पर्दाफास हुनसक्छ

        तिम्रो तिरस्कारले रोइरहेको पात्र
        तिम्रो आफ्नै कथामा खास हुनसक्छ

        यो गोलो पर्थ्वि घुम्दै घुम्दै जाँदा
        कुनै दिन मालिक दास हुनसक्छ

        राजु अधिकारि (रेनियर)
        रुद्पुर-रुपन्देहि


No comments :

Post a Comment