1)कोमल गज़ल
खुसी सारा लुटी रित्तै,बनायो पापी मायाले
कसैको आँसुमा उत्सव,मनायो पापी मायाले
देखिँदै मुखमा राम ,भित्र छुरा लुकाउँदै
सबैभन्दा असल आफैँ,भनायो पापी मायाले
फसाई प्रेममा झुटो,निमोठी घाँटी सोझाको
मुटुनै टुक्रने वाणै,हनायो पापी मायाले
पुर्याई डिलमा छल्दै ,घचेडी भीर पैह्रोमा
घडा त्यो बिषले पूर्ण,खनायो पापी मायाले
टुटाई आपसी नाता, कसम बाचाहरू फेर्दै
अति नै तुच्छता मनको,जनायो पापी मायाले
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
2)कोमल गज़ल
**********
आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?
अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरु थुनिदिने कोही छौ कि ?
रोग,भोक,अशिक्षा र बेरोजगारी बढ्यो धेरै
सर्वसुलभ अवसर त्यो चुनिदिने कोही छौ कि ?
रुनेहरू रोएकैछन् कोही खित्का छोडछन् सधैं
सबले हाँस्न पाउन भनी गुनिदिने कोही छौ कि ?
परस्परका भेदभाव र बैमनश्य हटाएर
एकताको एउटै माला उनिदिने कोही छौ कि ?
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
खुसी सारा लुटी रित्तै,बनायो पापी मायाले
कसैको आँसुमा उत्सव,मनायो पापी मायाले
देखिँदै मुखमा राम ,भित्र छुरा लुकाउँदै
सबैभन्दा असल आफैँ,भनायो पापी मायाले
फसाई प्रेममा झुटो,निमोठी घाँटी सोझाको
मुटुनै टुक्रने वाणै,हनायो पापी मायाले
पुर्याई डिलमा छल्दै ,घचेडी भीर पैह्रोमा
घडा त्यो बिषले पूर्ण,खनायो पापी मायाले
टुटाई आपसी नाता, कसम बाचाहरू फेर्दै
अति नै तुच्छता मनको,जनायो पापी मायाले
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
2)कोमल गज़ल
**********
आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?
अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरु थुनिदिने कोही छौ कि ?
रोग,भोक,अशिक्षा र बेरोजगारी बढ्यो धेरै
सर्वसुलभ अवसर त्यो चुनिदिने कोही छौ कि ?
रुनेहरू रोएकैछन् कोही खित्का छोडछन् सधैं
सबले हाँस्न पाउन भनी गुनिदिने कोही छौ कि ?
परस्परका भेदभाव र बैमनश्य हटाएर
एकताको एउटै माला उनिदिने कोही छौ कि ?
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
No comments :
Post a Comment