
मात छ मिठास छ भट्टिमा छु यति बेला..!!
उनी टाढिए पछिका हर साँझ यसै बित्छन्..
रित्तो निवास छ भट्टिमा छु यति बेला..!!
थुप्रै अपमान बोध गरि रहेछु अचेल..
चौतर्फी उपहास छ भट्टिमा छु यति बेला..!!
टुकी जली रहेछ अन्धाकार चुमी रहेछ..
मधुरो प्रकाश छ भट्टिमा छु यति बेला..!!
उफ्फ! म कसरी भनुँ प्यार गर्नेहरुलाई..??
रित्तो बाहुपास छ भट्टिमा छु यति बेला..!!
लक्ष्मण 'मिलन' विष्ट
अछाम कालिकास्थान ।
No comments :
Post a Comment