
तिमि किन यति हतार गरि रहन्छौ भनेको
सहि मार्गमा दगुर्नलाइ समय मिल्नु पर्छ
जीवनको चक्रव्युमा सोंचे जस्तै कहाँ हुन्छ र? कसैको प्रतिक्षामा कुर्नलाइ समय मिल्नु पर्छ
नचाहँदा पनि कुनै पल बिर्सिएँ होला हजुरलाई
समेट्न मित्रहरु सम्पूर्णलाइ समय मिल्नु पर्छ
उसले आफ्नै मलामी गएर फर्किएँ भन्दैछ
हो,आफ्नै चिहान पुर्नलाइ समय मिल्नु पर्छ
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्" "Buddha was born in Nepal"
No comments :
Post a Comment