Tuesday, June 11, 2013

623.प्रश्न कति उठाउनु उत्तर यहाँ पाईदैन

प्रश्न कति उठाउनु उत्तर यहाँ पाईदैन 
सुख दियो बल्न यहाँ शान्ति गीत गाईदैन 

डुल्न घुम्न फुर्सद सधै रमाइलो र मोज मस्ती 
विकास पाइला चाल्न यहाँ समएले भ्याईदैन 

संघर्षमा वाचछन् कति रोजी रोटि गर्नलाई 
भन्छन कोहि पाखे खाना ढिडो रोटो खाइदैन

फितलो भो संबिधान ऐन कानुन सारा सबै 
समग्रता समेटेर नया कानुन ल्याईदैन 

छन् उदाङ्गा जिन्दगीका पिडा र व्यथाहरु 
दुखि जिबन आनन्दको छानाले छाईदैन
नाम:*:    P.B.
Email(ईमेल ठेगाना)*:    baralptm@gmail.com
स्थाई ठेगाना*:    sindhuli,pokhari-8

No comments :

Post a Comment