देश सप्रिने,आशै हरायो
रोज बन्दले,सासै हरायो
छैन सोच नै,नेता हरुमा
पाप धर्मको,त्रासै हरायो
गर्छु भन्दथे,पूरै विकास
आज दीनको,बासै हरायो
ब्रह्म लूटले फैल्यो गरीबी
भोक उर्लियो,गाँसै हरायो
योग्य लम्किदै,लागे विदेश
हाय ! काँ मरे,लासै हरायो
श्री पोस्टराज गुरुद्वारा
प्रतिपादित छन्द:-
ग्याजिकाङ
गण :- र य र गु
(५ अक्षरमा विश्राम )
सूत्र:-SIS ISS SIS S
कोमल भट्ट
पुरानो नैकाप -७,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क
रोज बन्दले,सासै हरायो
छैन सोच नै,नेता हरुमा
पाप धर्मको,त्रासै हरायो
गर्छु भन्दथे,पूरै विकास
आज दीनको,बासै हरायो
ब्रह्म लूटले फैल्यो गरीबी
भोक उर्लियो,गाँसै हरायो
योग्य लम्किदै,लागे विदेश
हाय ! काँ मरे,लासै हरायो
श्री पोस्टराज गुरुद्वारा
प्रतिपादित छन्द:-
ग्याजिकाङ
गण :- र य र गु
(५ अक्षरमा विश्राम )
सूत्र:-SIS ISS SIS S
कोमल भट्ट
पुरानो नैकाप -७,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क
No comments :
Post a Comment