Tuesday, November 26, 2013

686. रक्सीको बोतल समाएँ आजको साँझ...(राकेश कार्की)


रक्सीको बोतल समाएँ आजको साँझ 
पिउँदा पिउँदै रमाएँ आजको साँझ 

हजुर बक्स्योस् भन्दै पछि लाग्नेलाई
खा भन्दै गिलास थमाएँ आजको साँझ

बोल्या बोल्यै गरेँ यो दिल खोलेर बोलेँ
भट्टी भरी खुबै जमाएँ आजको साँझ

मंत्रीज्यू संविधान छोडौँ लौ नाचौँ भन्दा
लग लग गोडा कमाएँ आजको साँझ
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
  लस् एन्जेलस्

No comments :

Post a Comment