
२. गजल मैले भन्दा धेरै मायाँ, गर्ने मान्छे अर्कै रै'छ । अन्माएर तिम्रो सिउँदो,भर्ने मान्छे अर्कै रै'छ । मैले गर्ने मायाँ अनि, बिश्वासहरू ब्यर्थ भयो, तिम्रो न्यानो साथ बिना,मर्ने मान्छे अर्कै रै'छ । मुटुभित्र अरू राखी, मेरो आँखा छली छली, भित्रै देखि तिमीले मन, पर्ने मान्छे अर्कै रै'छ । सुख सयल आनन्दको,महलमा राखी तिम्रो, जीवनमा खुशीयाली,छर्ने मान्छे अर्कै रै'छ । नाता टुट्नु तिम्रो दोष, हैन रै'छ बुझें अैले, पूर्वेली'को हाँसो खुशी,हर्ने मान्छे अर्कै रै'छ । पूर्वेली गाउँले यासक-४,पान्थर हाल-द कोरिया
३. गजल मेरो जस्तै मन्मा आँधी,चल्छ होला तिम्रो पनि । सम्झनाले भित्र छाती, जल्छ होला तिम्रो पनि । एकान्तमा झ-झल्कोले, उहिँ याद बल्झाउँदा, कोल्टे फेर्दा फेर्दै रात, ढल्छ होला तिम्रो पनि । समयले बाध्य पारी, एक्ला एक्लै बाँच्नु पर्दा, छट्पट्टीले जीन्दगी नै, गल्छ होला तिम्रो पनि । बिपतीमा आफ्नो भन्ने, हुन्न रै'छ कोही पनि, आफ्नै छाँया पराई बनी,छल्छ होला तिम्रो पनि । दुनियाँको सामु मिठो,हाँसो खुसी देखाए'नी, बेदनाले भित्र आगो, बल्छ होला तिम्रो पनि । पूर्वेली गाउँले यासक-४,पान्थर हाल-द कोरिया
४. गजल मैले ला'को पिरतीमा,नसोंचेको प्यार भयो । उन्को मायाँ सधैं मेरो,मुटु रेट्ने धार भयो । पासो थापी छाती माथी,तिखो झिर रोपे पछी, न त बाँच्नु न त मर्नु, जीन्दगी नै भार भयो । जुनी भरी मेरो लागि,उन्को मेरो सम्बन्धमा, रूखो उन्को तितो बोली,बचनकै बार भयो । तन दिएँ मन दिएँ, राखेको त्यो बाजी थे'न, खेल सम्झी मेरो मायाँ,र त मेरो हार भयो । यति ठूलो संसारमा, आफ्नो भन्नु कोही छैन, कर्मै हारा पूर्वेली'को,साह्रै दुखी संसार भयो । पूर्वेली गाउँले यासक-४,पान्थर हाल-द कोरिया
५. गजल जात, धर्मको पर्खाललाई, तोड्नु पर्छ अब । कु-संस्कार र कुरितीलाई,छोड्नु पर्छ अब । असल सोंच र बिचारको, प्रभावमा हाम्ले, मेची काली एउटै बनाई, जोड्नु पर्छ अब । उचों निचों जात र पातको,कुबिचार त्यागी, समानताको एउटै छानो, ओड्नु पर्छ अब । बिश्वलाई नै थर्काउनेका, सन्तती हौं हामी, आफ्नै देशको चट्टान पनि फोड्नु पर्छ अब । हामी सबै शान्ति नै चाहने, नेपाली हौं भने, बुद्धमार्ग पछ्याई पाईला मोड्नु पर्छ अब । पूर्वेली गाउँले यासक-४,पान्थर हाल-द कोरिया
No comments :
Post a Comment