Wednesday, July 16, 2014

कती गरियो सजाउने आस जिन्दगीको

कती गरियो सजाउने आस जिन्दगीको
ठेगान हुन्न प्रबासिको बास जिन्दगीको

मेरो भन्नु तिमी भन्छौ तिमी बिना मर्छु भन्छौ
के हो साईनो तिम्रो मेरो खास जिन्दगीको

जती गर्नु गरी हेरेँ दु:ख पिडा भोगी हेरेँ
अब मैले पार्नु छैन नाश जिन्दगीको

हुन्न हजुर जिबनभर भगवानकै आस गरी
केही पाउन बन्नै पर्ने दास जिन्दगीको

प्रबासीको कामै प्यारो थकान मेट्न सुते पनि
मरेतुल्य हुन्छ शरीर लास जिन्दगीको |

                    ~ रमेश किरण सापकोटा
                          ओयाम पाँचथर
                       हाल- रियाद शहर

No comments :

Post a Comment