Thursday, July 10, 2014

सुन चाँदी हिरा मोती,हातका ठेला फोकामा छ।

सुन चाँदी हिरा मोती,हातका ठेला फोकामा छ।
गर्न सके टाढा छैन,तपाइ हाम्रै ढोकामा छ।।

सोच्ने गर्छौँ पैसा फल्ने,रुखै हुन्छ पर्देशमा।
टिपी ल्यायो लाहुरेले,ठूलो झोला पोकामा छ।।

आम्दानिको सोझो बाटो,आफ्नै देश आफ्नै माटो।
उध्यमिको कोदालो र,हैंसे नाम्लो डोकामा छ।।

खाडीका ती सयौँ बोतल,चिसो पेय भन्दा मजा।
हिमाल बाट बहि आउँने,हावाको एक झोंकामा छ।।

यौटा माउ बाख्राबाट,बार्षिक नाफा मात्र हेर्दा।
दश देखि बिस हजार,खसी बाख्रा बोकामा छ।।


कोमल नाथ रिमाल(साधुराम )
नाङ्ले भारे ५ काठमाडौं
हाल यु ए इ दुबइ

No comments :

Post a Comment