उसलाई यौवन दिएर,न तिमी खुशी न म
यस्तो निर्णय लिएर, न तिमी खुशी न म
पराजय हो समर्पण,प्रेम त प्राप्ति नै हो
व्यर्थै आँशु पिएर, न तिमी खुशी न म
प्रिय,मुटु त यता नि फाटेको छ,उता पनि
एक्लाएक्लै सिएर, न तिमी खुशी न म
बाउआमाले बिराउँदैनन्,भन्ने कतै छ र
र कसमले बेचिएर, न तिमी खुशी न म
संगै देखेका स्वप्नहरु,सकिएला र भुल्न
र सम्झीसम्झी जिएर, न तिमी खुशी न म
उदास अनन्त
गोंगबु
काठमाडौं
२.गजल
साथीभाई भन्थे कस्तो,चुस्त छ मस्तिष्क
आईन्स्टाइन् अनि तेरो,दुरुस्त छ मस्तिष्क
मलाई प्रेम भयो अनि प्रेमालेरिया लाग्यो
त्यसैले त आजकल,सुस्त छ मस्तिष्क
यता बसाउन खोज्यो,मान्दै मान्दैन किनरु
कठपुतली भा’छ तिमी,परस्त छ मस्तिष्क
म भुलक्कड भाछु प्रिय, पियक्कड पनि
रक्सी अनि तिम्रा यादले,ग्रस्त छ मस्तिष्क
तिमी फर्केर आएको,त्यो दिनमा कस्सम हेर
‘उदास” छाती फुलाई भन्नेछ,मस्त छ मस्तिष्क
उदास अनन्त
गोंगबु
काठमाडौं
३.गजल
जीवनभर साथ् दिन्छु,भनेकी थ्यौ त
संग संगै हिन्छु,भनेकी थ्यौ त
आँखा बेचेर,मुटु बेचेर,हजुरका लागि
खुशी नै खुशी किन्छु, भनेकी थ्यौ त
तिमी मोटाउँदै गाछ्यौ रे,म दुब्लाउँदै
म पहिले सकिन्छु,भनेकी थ्यौ त
निरर्थक बनायौ,सुम्पीदेथें यो ज्यान
म जिम्मा लिन्छु,भनेकी थ्यौ त
प्रिय,यो जोगीजस्तो,मै हुँ चिनिनौरु
आँखा चिम्लेरै चिन्छु,भनेकी थ्यौ त
उदास अनन्त
गोंगबु
काठमाडौं
४.गजल
उ चिच्च्याउँदै अनि,कराउँदै आई
मनभरी हलचल,गराउंदै आई
एक्लोपनको आन्दोलन,चल्दैथ्यो मनमा
मिलनको झण्डा,फहराउँदै आई
स्त्री चरित्र,सम्झिछे कि अकस्मात् रु
लजाउँदै आई अनि डराउँदै आई्र्र
कपटी भन्छु म उसलाई,तर साथी भन्छ
पक्कै तँलाई उ मन,पराउँदै आई
सायद त्यो मेरो,भ्रम थियो कि कसो रु
देखिँदै त कहिले,हराउँदै आई
एउटा अपुर्ण प्राप्तिमा,दुखिरहेछ यो मन
उदास मनलाई असाध्यै,चहराउँदै आई
उदास अनन्त
गोंगबु
काठमाडौं
No comments :
Post a Comment