पय्ला सरि मद्होसी, मात हजुर को
सुनी रहू लाग्ने मिठो, बात हजुर को
मन भरिका भावना हजुर सामु राख्न
पत्र कोरी भैसक्यो, खात हजुर को
अपुरो नै छु म त, अधुरो नै छु अझै
पुरा हुन्थ्यो जिबन पाए , साथ हजुर को
बाचा कसम खाए एक्लै, कल्पी हजुरलाई
कल्पना मै बित्छन मेरा, रात हजुर को
आउनुस मिलि तय गरौ, जिन्दगि को यत्रा
राख्नुस मेरा हातमा बिन्ति, हात हजुर को
Parkash Pokhrel
Tokyo, japan
pls visit for more:
http://parkashpokhrel.blogspot.jp/2014/06/blog-post.html?m=1
No comments :
Post a Comment