तीजे झरी कस्तो पर्यो बल्ल बल्ल धाएँ दिदी
हिड्नु माईत जाअौ अब म त लिन आएँ दिदी
.
आधिखोला उर्लिएको बगायो नि खोला तर्दा
माझि दाईले बचाएर तीम्लाई देख्न पाएँ दिदी
.
छिटो काम सकी जाअौ पर्दैन भो मलाई खान
उकालीमा भोक लाग्दा चिया नास्ता खाएँ दिदी
.
पोहोर पनि आईनौ नि ऐले एक्लै फर्किन म
खै त सासु ससुरा बा भेना भेट्न चाहे दिदी
रामेश अर्याल
मरुभूमिको छाती बाट
No comments :
Post a Comment