बारुँले त्यो कम्बर कान्छी मर्काएर नाँच्नु
भोकै हैन टन्न पेट दर खाएर नाँच्नु
.
चुरा पोते टिका आहा सिक्री अरबको
लडौली नी स्यान्डिल त तर्काएर नाँच्नु
.
बार्ह बिस डलरको साडि हो नी प्यारी
फाट्ला साडी अल्ली माथी सर्काएर नाँच्नु
.
मादलु र थपडिको साह्रै मिठो तालमा
सारा गाऊ शहरनै थर्काएर नाँच्नु
.
बर्ष दिन को नाँच्ने गाउने पूरा गरे धोका
नाँच्छु नाँच्छु भन्नेलाई पर्खाएर नाँच्नु
रमेश अर्याल,
अर्जुनचौपारी
हाल मरुभूमिको छाती बाट
No comments :
Post a Comment