Tuesday, September 9, 2014

म प्यार खोजिरहेछु, यीनै ढुङ्गा हरुमा

म प्यार खोजिरहेछु, यीनै ढुङ्गा हरुमा
 कठोर मन भेटियो,फुल थुङगा हरुमा!!

यो तेरो मुर्खता नै हो, भन्छ्न बिज्ञ हरु
धारा प्रवाह आबाज,सुन्छु गुङगा हरुमा!!

लाजका गहना भन्नू,एकै हुन सबका
महल होस या पेटी,बस्ने बुङगा हरुमा!!

माहाकाली पारी पट्टी, बसेकालाई सोध्नु
कति शक्ति छ भनी,काठे डुङ्गा हरुमा!!

येस्ता मानिसहरु नि, भेटिये जिन्दगिमा
प्रयास बिना असफल,भन्ने टुंङगा हरुमा
प्रकाश पोखरेल,
tokyo, japan

No comments :

Post a Comment