Showing posts with label अजय पराष. Show all posts
Showing posts with label अजय पराष. Show all posts

Sunday, July 14, 2013

659.उनी गर्छिन् मिठा मिठा बात


उनी गर्छिन् मिठा मिठा बात खल्तीमा नोट देखेपछि । 
अनि दिन्छिन् प्रेमका सौगात् खल्तिमा नोट देखेपछि ।।

अहँ बडो गजबको छ जमना यो वैरी पनि ।
दिन्छ मित्रताको हात खल्तीमा नोट देखेपछि ।।
 
निस्ठुरीहरू पनि सधैं मौका तलाशेका हुन्छन ।
कति बेला चढाई दिउकी मात खल्तीमा नोट देखेपछि ।।
 
स्वार्थी यो जमनामा धर्मशर्मको त कुरै छोडौ ।
बाहुन पनि बदलिन्छन् जात खल्तिमा नोट देखेपछि ।।
 
उदाशी मन कता कता हराएको बखत् भट्टीमा ।
दिउसै परि दिन्छ रात खल्तिमा नोट देखेपछि ।।
 
अजय पारष
जनकपुर नगर पालिका -४ हाल ,
जिल्ला स्वास्थ्य कार्यालय अछाम 

Monday, July 8, 2013

656.यो अन्जान शहरमा...


यो अन्जान शहरमा पहिचानका कुरा नगरौ प्रिय
सबै यहाँ नाङ्गाछन् औछ्यानका कुरा नगरौ प्रिय
 यहाँ बेचि दिन्छ हरेक चिज तनमन र प्यार पनि
मौका पाऐ लुट्छन सबै ईमानका कुरा नगरौ प्रिय
कसौटी जिन्दगीको यात्रामा आज कोहि छैन खुशी यहाँ
यो मुटुमा पनि चोट छ मुस्कानका कुरा नगरौ प्रिय
लिन्छ मत संविधान निम्ती सारा बनाउँछ आफ्ना घर
फुर्सद छैन नेतालाई संविधानका कुरा नगरौ प्रिय
" अजय " को छातिमा हिम्मत छ लड्छ अत्याचार विरूध्द
 दुश्मनलाई प्ररास्त गर्छु प्राणका कुरा नगरौ प्रिय
 अजय पराष
जनकपुर नगर
पालिका -४ ,
 हाल जिल्ला स्वास्थ्य /.