Showing posts with label विकाश अर्पण. Show all posts
Showing posts with label विकाश अर्पण. Show all posts

Saturday, June 30, 2012

187.सहि कुरा सत्य विचार (विकाश अर्पण)

विकाश अर्पण
सहि कुरा सत्य विचार ढाँट्न ठिक्क हामी ।।
फुर्सदमा पराई कुरा काट्न ठिक्क हामी ।।

कसैको प्रगतिमा खुट्टो तान्ने प्रवृति छ
गर्न आफू नसक्ने झुट लाद्न ठिक्क हामी ।।

गल्ति आफ्नो लुकाएर जे नि गरे हुन्छ
आफू सत्य बन्न अनेक आँट्न ठिक्क हामी ।।

धनका सामु आँखै चिम्लि झुक्ने गर्छौ हामी
चालै नपाई नुन सुन साट्न ठिक्क हामी ।।

अर्काको चियो चर्चा गर्दा काल वित्छ
सत्यतालाई असत्यमा छाँट्न ठिक्क हामी ।।

अब यस्तै विचार हामी बाट त्याग्नु पर्छ
बनाउँ बरु विकासका मुल बाट्न ठिक्क हामी ।।

विकाश अर्पण
पाँचथर
मलेसिया