Tuesday, September 20, 2011

158.गजल - राम शरण श्रेष्ठ












तिमी मेरो हुनै पर्ने, जरुरी त हैन ।।
जून तारा छुनै पर्ने, जरुरी त हैन ।।

आफै हुने मायाँमा, कर कति गर्नु
मेरो लागि रुनै पर्ने, जरुरी त हैन ।।

सम्झौता कस्ले गर्छ, आफ्नै खुसिमा
सम्झौतामा उनै पर्ने, जरुरी त हैन ।।

तिमी हाँस्छौ भने, म रोएर के भो
भाग्यमा सुनै पर्ने, जरुरी त हैन ।।

बाटो अलग अलग, भयो तिम्रो मेरो
सबैलाई गुणनै, पर्ने जरुरी त हैन ।।

No comments :

Post a Comment