Tuesday, September 20, 2011

157.गजल -राम शरण श्रेष्ठ














मैले रुँदा मुस्कान अनि, ताली थियो उता ।।
मैरो होईन उस्कै मायाँ, जाली थियो उता ।।

नाटक पनि ठुलै गर्यौ, मै हुँ तिम्रो भन्दै,
बास्तबमा तिम्रै मन , खाली थियो उता ।।

पर्खाएर यत्रो बर्ष, आज बिहे अर्के सँग,
पंचेबाजा तमास , खुसि'याली थयो उता ।।

थाहा छैन केमा बिक्यौ, फसाएर मलाई,
कोहि अरु अति प्रभाब'साली थियो उता ।।

तिरस्कारभो मेरो मायाँ, काँचुलिनै फेरेपछी,
नयाँ साथी स्वगतमा पूजा, थाली थियो उता ।।

ठिकैछनि जान्छौ भने, चाहा अब तिम्रो छैन,
अस्ताउँदै म छु झुल्के लाली थियो उता ।।

No comments :

Post a Comment