Tuesday, September 20, 2011

156.गजल -राम शरण श्रेष्ठ













 
पैसालाई चिन्न सक्ने, हैसियत नै कहाँ छ र ।।
तिमीलाई किन्न सक्ने, हैसियत नै कहाँ छ र ।।

धनि बस्ने समाजमा, बिक्दो रैछ प्रेम पनि
गरिवले छिन्न सक्ने, हैसियत नै कहाँ छ र ।।

चाहिँदैन क्षत्र छायाँ, मायाँ मोह प्रेम विना
फूलटेकी हिन्न सक्ने, हैसियत नै कहाँ छ र ।।

महलमै बस तिमी, हिरा मोति यता छैन
असर्फि गिन्न सक्ने, हैसियत नै कहाँ छ र ।।

पैसालाई चिन्न सक्ने, हैसियत नै कहाँ छ र ।।
तिमीलाई किन्न सक्ने, हैसियत नै कहाँ छ र ।।



राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स. बडा नं. ६,
तल्लो टोल, रामेछाप ।

No comments :

Post a Comment