जिन्दगी अब त तेरो नाम देखी डर लाग्दछ
सारा संसार नै मलाई मृत्यु कै घर लाग्दछ
न डाली नुग्छ यहाँ न देखिन्छ फुल हासेकै
बसन्त, हरियाली उजाडिएको नगर लाग्दछ
सुन्दरता मेटाउन तल्लिन छ दुनियाँ रङले
उज्यालो ले डसे जस्तै अन्धो शहर लाग्दछ
सत्य नै परिवर्तनको नियम मा अल्मलिदा
ऐनामा कतै म नै होइन झै ठहर लाग्दछ
जिन्दगी अब त तेरो नाम देखी डर लाग्दछ
सारा संसार नै मलाई मृत्यु कै घर लाग्दछ








No comments :
Post a Comment