धेरै रुँदा आँशु पनि सुक्छ भन्थे हो'रैछ
कसैले त दे'को श्राप पुग्छ भन्थे हो'रैछ
स्वाभिमानी ठाडो शिर सानो भूलमा पनी,
बचनले अनायासै झुक्छ भन्थे हो'रैछ
संगै बाँच्ने सँगै मर्ने कसम खुवाएर,
छोडी जांदा मन पनि दुख्छ भन्थे हो'रैछ
अरुलाई सुख बाँडी आफ़ू पिरमै जले पछि,
खुसि हरू आफ़ै भित्र लुक्छ भन्थे हो'रैछ
दीन दशा बिग्रे पछि हेर गती कस्तो भो,
आफ्नै घरको कुकुरले'नी भुक्छ भन्थे हो'रैछ।।
कुमार बुढाथोकी"आयुष"








No comments :
Post a Comment