Showing posts with label अतित लिङ्देन. Show all posts
Showing posts with label अतित लिङ्देन. Show all posts

Wednesday, October 31, 2012

531.पिरतीको मूल बाटो खुले पछी रमाएँ थें।

पिरतीको मूल बाटो खुले पछी रमाएँ थें।
खुशी बोक्ने तन मन घुले पछी रमाएँ थे।।

चारै तिर ऋतु जस्तै बदलिंदै हिंडे पनि ।
आँगनीका मखमली फूले पछी रमाएँ थें।।

बसन्त झैँ रुप फेरी अल्मलिंदै कैले कहीं।

फूल माथी भमरा त्यो डुले पछी रमाएँ थें।।

पवनको झोका बनी सल्लेरीमा सुसाउँदै।
मिलनको संसार मै, भुले पछी रमाएँ थें ।।

आधी रात मात बनी , छुँदा कैले बदनमा।
जवानीको नशा भित्र झुले पछी रमाएँ थें ।।

अतित लिङ्देन ( सुब्बा )
झापा

Sunday, October 28, 2012

501.साहसी भै साँझ पख हात गोडा खिउँला भन्थें ।।

साहसी भै साँझ पख हात गोडा खिउँला भन्थें ।।
आफ्नै दुख लुकाएर सारा खुशी दिउँला भन्थें ।।

छाती माथी रगतले नाम कोर्दै देशको निम्ती ।
भ्याकुर र गीठा खाई छाक टारी जिउँला भन्थें।।

सजाको छु कात्रो सरी एक पाउ शरीर ढाक्ने ।

टालाटुली लाको भोटो फाटे आफै सिउँला भन्थें।।

हाँस्दै खेल्दै मोहनीले चाहना त्यो बाँधेर फेरी ।
तिम्रो सारा जिन्दगीनै बन्धकीमा लिउँला भन्थें।।

बेदनामा कति बस्नु रात भरी छाती यो पोल्दा।
जिन्दगीको पिडा भुल्न सधै नशा पिउँला भन्थें।।

अतित लिङ्देन ( सुब्बा )
झापा

486.ओत कहाँ लाग्ने होला घरको छानो चुँदा खेरी।

ओत कहाँ लाग्ने होला घरको छानो चुँदा खेरी।
उस्तै देख्छु व्यथा हरु आँशुले पिडा धुँदा खेरी।।

बन पाखा सुन्य लाग्छ बिहानी पख सित संगै।
चर्कि दिन्छ छाती मेरो न्याउली चरी रुँदा खेरी।।

भाग्य लाई छली कतै समय जब भागी दिन्छ ।

भेट्न मन लाग्छ अनि प्रियसी टाढा हुँदा खेरी ।।

खोजी हिड्छु तिमी लाई अँधेरी रात भए पछी ।
आँखा मेरो रसाउँछ ..तस्विर तिम्रो छुँदा खेरी ।।

अतित लिङ्देन ( सुब्बा )
झापा

Tuesday, August 7, 2012

162.रोजी हिड्दा समयले चुकाएछ भाग्य लाई!

रोजी हिड्दा समयले चुकाएछ भाग्य लाई!
बिवश्ता र विधाताले झुकाएछ भाग्य लाई!!

मेटाउँदै निधारमा जीवनका रेखा आज !
सपनाको महलमा फुकाएछ भाग्य लाई !!

कुल्चिएर निर्दोष ति पाईलाका रेसा हरु !
जिन्दगीको कुना भित्र लुकाएछ भाग्य लाई!!

भेल सरी आफ्नै आँशु बगाउँदै आँखा बाट !
रात दिन बगी दिंदा सुकाएछ भाग्य लाई !!

डाँडा माथी उडी हिंड्ने सिमलको भुवा जस्तै !
आधी बाटो उडे पछी रुकाएछ भाग्य लाई !!

अतित लिङ्देन ( सुब्बा )
झापा

Thursday, August 2, 2012

144.तिमीले मेरो साथ छोडे के भो र ?


तिमीले मेरो साथ छोडे के भो र ?
गाँसेको नाता हाम्रो तोडे के भो र?

जीवन तिम्रो लागी खेल हो भने !
साईनो अरु संगै जोडे के भो र ?

सुबास छर्छ भने तिम्रो खुशीमा !
अनन्त फूल बारी गोडे के भो र ?

मेटिन्न भने कहीं तिम्रो चाहना !
छेकीने पर्खाल त्यो फोडे के भो र ?

यात्रामा बाधा आई पर्छ भने त्यो !
गोरेटो छोडी अन्तै मोडे के भो र ?

अतित लिङ्देन ( सुब्बा )
झापा, नेपाल