Showing posts with label कल्पना राई. Show all posts
Showing posts with label कल्पना राई. Show all posts

Thursday, January 10, 2013

578. गहभरि संगाले सम्झनाहरू झर्न दिइन

गहभरि संगाले सम्झनाहरू झर्न दिइन
मरे आफैँ जिउदै चाहनाहरू मर्न दिइन

पीडा भयो बाहाना जिन्दगी बाँच्न एकबारको,
निको लाग्छ दर्द यो दुखाई कतै सर्न दिइन

हर-पल जलें म दिपक जस्तो ज्वाला दन्काई,
छरें संधै प्रकाश अँधेरी कतै पर्न दिइन

खाँए लाखौ हन्डर पाईला पिच्छे गर्दा बिश्वास,
भरें झोली चोटैले बिरह कतै भर्न दिइन

हरा-भरा बिहिन चट्टान मै हुँ छैन उर्वरा,
छर्किदिएँ आफैमा बिष यो कतै छर्न दिइन

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Thursday, October 4, 2012

393.तिम्रो आशु दुई चार थोपा खसेको सुन्दा पनि/


तिम्रो आशु दुई चार थोपा खसेको सुन्दा पनि/
फाट्छ मन किन किन जति नै तुन्दा पनि//

मुटु दुख्यो तिमी लाई दुख्दा आखिर किन होला?
रातै भरि सोच्दा बुझ्या छैन साईनो गुन्दा पनि//

पछ्यौरीमा वल्लो पल्लो बिट्को किनार जस्तो हामी,
लक्ष्य छुट्टै मेल हुन्न कै'ले जसरी बुन्दा पनि//

डर लाग्छ माया भनौ भने संकट पर्यो कस्तो?
मुगा म त हिरा सरि तिमी नमिल्ने उन्दा पनि//

मन्को मुना भित्र भित्रै चुडें "कल्पना" संगै बढ्दा,
छल्की दियो गजलमा बह बेसरी थुन्दा पनि//

कल्पना राई
हाल- कोरिया

Friday, June 15, 2012

118. छुटी गयो देह काहाँ |(कल्पना राई)

कल्पना राई
छुटी गयो देह काहाँ रुसुन्य रातमा खोज्दैछुर
अनगिन्ती लास माझ त्यहि रासमा खोज्दैछुरर

भेट्न काहाँ सक्थे मैले आफ्नै पार्थीव शरीर,
पोल्दै थिए चित्ता माथि अग्नि राफमा खोज्दैछुरर

हेर्दा हेर्दै छाडी गए सबै आफन्त मलामी,
अस्तु सम्म छैन हेर रुदै राखमा खोज्दैछुरर

संगै बाच्ने संगै मर्ने बाचा कसम खाएको,
मुटु भित्र राख्छु भन्ने उनै राजमा खोज्दैछुरर

रैुन रैुछु कहीं कतै स्वार्थी संसार माझमा,
हावा संगै विरहको मन्द रागमा खोज्दैछुरर
कल्पना राई

Wednesday, June 13, 2012

99.आमा तिमी ...

कल्पना राई
बन्जर धर्तीकी परी मेरी आमा तिमी
निस्स्वार्थ स्नेहकी झरी मेरी आमा तिमी

जन्माई देखायौ श्रीष्टि च्यापी छाती माझ,
चमेरो जातको चरी मेरी आमा तिमी

मायाको हजार रंग छन जग भरि
अमर मम्ताकी थरि मेरी आमा तिमी

पर्दछु भुमरी भित्र जब कहरको,
सर्लक्कै उतार्ने तरि मेरी आमा तिमी

पढाई लेखाई पार्यौ ज्ञानी बुद्धिमानी,
अन्याय बिरोधी खरी मेरी आमा तिमी

आखाँमा तिम्लाई राखे छल्की जान्छौ होला,
लुकाएँ हृदय भरि मेरी आमा तिमी
कल्पना राई,