
मरे आफैँ जिउदै चाहनाहरू मर्न दिइन
पीडा भयो बाहाना जिन्दगी बाँच्न एकबारको,
निको लाग्छ दर्द यो दुखाई कतै सर्न दिइन
हर-पल जलें म दिपक जस्तो ज्वाला दन्काई,
छरें संधै प्रकाश अँधेरी कतै पर्न दिइन
खाँए लाखौ हन्डर पाईला पिच्छे गर्दा बिश्वास,
भरें झोली चोटैले बिरह कतै भर्न दिइन
हरा-भरा बिहिन चट्टान मै हुँ छैन उर्वरा,
छर्किदिएँ आफैमा बिष यो कतै छर्न दिइन
कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया
No comments :
Post a Comment